काठमाडौं : सरकारमा सहभागिताका विषयमा छलफल जारी रहेकै बेला संघीय समाजवादी फोरम नेपालका नेताहरु चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा फोरमकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको हो।
फोरमको टोली आजै राती ११ बजे उड्दैछ।
यादवसहित चार जना प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदीप यादव, डा.सुरेन्द्र यादव तथा राष्ट्रिय सभा सदस्य रामपृत यादव टोलीमा छन्।
यसैगरी प्रदेश सभा सदस्यहरुमा जयराम यादवलगायतका छन्।
सांसद रामबाबु यादवका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा सहभागी हुन टोली चीनतर्फ प्रस्थान गर्न लागेको हो। उनीहरु २२ गते नेपाल फर्किनेछन्।