PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

स्मिथ र वार्नर कप्तान र उपकप्तानबाट हटे



पहिलोपोस्ट

स्मिथ र वार्नर कप्तान र उपकप्तानबाट हटे

अष्ट्रेलियन टेष्ट क्रिकेट टिमका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई उनीहरुको पदबाट हटाइएको छ।

दक्षिण अफ्रिका विरुद्ध केपटाउनमा जारी तेस्रो टेष्टका क्रममा बल टेम्परिङ गरेको स्वीकार गरेपछि दुवैलाई पदबाट हटाइएको हो।

अब विकेटकिपर टिम पेनले टेष्टको बाँकी दुई दिन अष्ट्रेलियाको नेतृत्व गर्नेछन्।

स्मिथ र वार्नरसँगको छलफलपछि उनीहरु टेष्टको बाँकी सयका लागि आफ्नो पदबाट हट्न सहमत भएङ्का हुन्। क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्कारी जेम्स सटरल्याण्डले बताए।

सटरल्याण्डले यो टेष्ट निरन्तर हुनुपर्ने र घटनाको अनुसन्धान पनि जारी राख्ने बताए।

यस्तै स्मिथलाई आइपिएलका लागि राजस्थान रोएल्सको कप्तानबाट पनि हटाउनुपर्ने माग उठिरहेको भारतीय ङ्गिडियाहरुले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell