PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बिहे गर्दै सोनम कपुर, कोसँग र कहाँ हुँदैछ बिवाह समारोह?



पहिलोपोस्ट

बिहे गर्दै सोनम कपुर, कोसँग र कहाँ हुँदैछ बिवाह समारोह?

बलिउड हिरोइन सोनम कपुरले बिहे गर्ने निश्चित भएको छ। बलिउडहंगामाले सोनम कपुरको बिहे निश्चित भन्दै दिएको समाचारमा लन्डनमा आधारित रहेर व्यवसाय गर्दै आएका आनन्द अहुजासँग सोनमको बिहे हुने उल्लेख छ। आनन्दसँगको प्रेम सम्बन्धनलाई बिहेमा रुपान्तरणको तयारीमा सोनम पुगेकी हुन्। 

बिहे जेनेभामा हुने बताइएको छ। बलिउडमा विराट कोहली र अनुष्का शर्माको बिहेपछि सोनम – आनन्दको बिहेमा धेरैको ध्यान तानिने निश्चित छ। यो जोडीको बिहे कहिले हुँदैछ त? धेरैको चासो छ।

फिल्म 'निरजा'की लिड एक्ट्रेस सोनमको बिहे ११ र १२ मे मा हुने तय भएको छ। हिन्दु परम्पराअनुसार बलिउड हिरो अनिल कपुरले छोरीको कन्यादान गर्नेछन्। बिहेका लागि कस्टुम डिजाइनर समेत तय भइसकेका छन्। बेलायती डिजाइनर तामरा राल्फ र मिखेल रुससँगै बलिउडका डिजाइनर सन्दीप खोसलाले बिहेका लागि ड्रेस तयार गर्नेछन्।

सोनम र आनन्द दुई वर्षयता प्रेममा छन्। आनन्द फेसन इन्टर्पेनिअर हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell