PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कोटेश्वरका ६५ होटलमा छापा, १२ युवतीसहित २६ समातिए



पहिलोपोस्ट

कोटेश्वरका ६५ होटलमा छापा, १२ युवतीसहित २६ समातिए

काठमाडौं: काठमाडौंको कोटेश्वरमा रहेका विभिन्न होटलबाट शंकास्पद गतिविधिमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वर क्षेत्रमा रहेका ६५ वटा होटलमा विशेष सूचनाको आधारमा छापा मार्दा शंकास्पद व्यक्तिहरु पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

एसएसपी पोखरेलले भने, 'शंकास्पद गतिविधि भइरहेको जानकारी पाएका थियौं। त्यसै आधारमा अप्रेसन गर्दा केही मानिस पक्राउ परेका हुन्।'  पक्राउ पर्नेहरुमा १२ महिला र १४ पुरुष रहेका छन्।

प्रहरीले सफल गेष्टहाउस सञ्चालक भिमबहादुर सुनुवार,  बनेपाली गेष्टहाउसकी कोकीमा शर्मा, सफल गेष्ट हाउसका संचालक बुद्ध लामा लगायतका पक्राउ गरेका हुन्। बा १४ च ६७९६ नीजि कार र केही बाइकसमेत बरामत गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell