PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एन्फा निर्वाचन स्थगित



पहिलोपोस्ट

एन्फा निर्वाचन स्थगित

काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचन स्थगित भएको छ। 

उच्च अदालत, पाटनले जारी गरेको अन्तरिम आदेशको सम्मान गर्दै एन्फाको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ।

निर्वाचन समितिद्वारा जारी सूचनामा लेखिएको छ, ‘कार्यसमितिको निर्वाचन रोकी पाऊँ भनी भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञ मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएकोले सम्नित अदालतको सम्मान गर्दै १४ चैतमा हुने निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सबैमा जानकारी गराइन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell