PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिषराज पाण्डे



पहिलोपोस्ट

क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिषराज पाण्डे

काठमाडौं: क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) को अध्यक्षमा पूर्व क्रिकेट खेलाडी डा मनिषराज पाण्डे निर्वाचित भएका छन्।

सिप्यानको आइतबार सम्पन्न तेस्रो साधारणसभाले अध्यक्ष पाण्डेसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। पाण्डे यसअघि उपाध्यक्ष थिए। पवन अग्रवाल यसअघि अध्यक्ष थिए।

पूर्व कप्तानर राजु खड्का र राष्ट्रिय महिला टिमकी सदस्य सीता रानामगर उपाध्यक्षमा चुनिएका छन्। रानामगर यसअघि पनि उपाध्यक्ष नै थिए।

राष्ट्रिय पुरुष टिमका कप्तान पारस खड्का महासचिवमा यथावत रहेका छन्। यस्तै राजु बस्न्यात सचिव तथा पृथु बाँस्कोट कोषाध्यक्षमा निर्वाचित भए। बसन्त शाही, दीपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी सदस्य चुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell