PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाले माओवादी एकताको राजनीतिक प्रतिवेदन: चैत १४ भित्र अन्तिम रूप दिने तयारीमा



विधुर ढकाल

एमाले माओवादी एकताको राजनीतिक प्रतिवेदन: चैत १४ भित्र अन्तिम रूप दिने तयारीमा

काठमाडौँ: नेकपा (एमाले) र माओवादी केन्द्रबिच एकताका राजनीतिक प्रतिवेदन तयार पार्न गठन भएको प्रतिवेदन मस्यौदा कार्यदलले चैत १४ गते भित्र प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ। 

आज बसेको कार्यदलको बैठकमा पेस भएको मस्यौदामाथि छलफल पश्चात् मस्यौदालाई अन्तिम रूप दिने गरी तयारी थाल्ने निर्णय भएको हो। 
‘बैठकमा मस्यौदा माथि गम्भीर छलफल भएको छ,’ बैठक पछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिवेदनलाई १४ गतेभित्र अन्तिम रूप दिन निर्णय भएको छ।’

नेपाल संयोजक रहेको कार्यदलले विश्व कम्युनिस्ट राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सरकारका कार्यक्रमहरू समावेश गरी प्रतिवेदन तयार पार्दै छ। 

वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने गरी समाजवादी कार्यक्रम सहितका सरकारका कार्यक्रमहरूलाई प्रतिवेदनमा समावेश गरिएको छ। 

त्यस्तै प्रतिवेदनमा पार्टी संगठनलाई कस्तो बनाउने भन्ने सुझाव समेत समेटिएको नेता श्रेष्ठले जानकारी दिए। 

यसैबिच नेता श्रेष्ठले प्रधानमन्त्रीको भार भ्रमण र पार्टी एकताबीच कुनै सम्बन्ध नभएको बताएका छन्। 

शनिवार माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने बताएका थिए। आज नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण नितान्त सरकारको काम हो, पार्टी एकतासँग यसको कुनै सम्बन्ध छैन।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell