PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

तस्बिरमा हेर्नुहाेस सेतो मच्छेन्द्रनाथकाे रथ यात्रा

तस्बिरमा हेर्नुहाेस सेतो मच्छेन्द्रनाथकाे रथ यात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ:  चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ। 

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई तानेर असनसम्म पुर्याइन्छ। दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ।

चौथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तीलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ। यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख वैकुण्ठ रेग्मीले जानकारी दिए।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उनले बताए।

मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ। यसपछि घर घरमा भोज खाने चलन छ। यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ। 



ट्रेन्डिङ पोस्ट

Ncell