काठमाडौँः प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको म्याद थप अध्यादेश प्रतिस्थापन विधेयक पेस हुँदैछ।
संसद् सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेस प्रस्ताव गरेको छ। कानुनमन्त्री शेरबहादुर तामाङले विधेयक प्रतिनिधिसभामा पेस गर्नेछन्।
संसद् अधिवेशन नभएको अवस्थामा माघ ५ गते अध्यादेश जारी गरी आयोगको म्याद थपिएको थियो।
संवैधानिक व्यवस्था अनुसार संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नु पर्नेछ। संसद्को चालु अधिवेशन फागुन २० देखि सुरु भएको हो। वैशाख २० सम्म विधेयक पारित गरिसक्नु पर्नेछ।