PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनको तयारीः विधेयक दर्ता हुँदै, वैशाख २० भित्र पारित गर्नुपर्ने



पहिलोपोस्ट

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनको तयारीः विधेयक दर्ता हुँदै, वैशाख २० भित्र पारित गर्नुपर्ने

काठमाडौँः सरकारले दुई अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ। संसद् अधिवेशन सकिएलगत्तै जारी भएको चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रतिस्थापनको तयारी सरकारले गरेको छ। 

संघीय संसद् सचिवालयलाई सोमबार प्रतिस्थापन विधेयक दर्ताको जनाऊ विभागीय मन्त्रालयले दिएका छन्। 

चिकित्सा शिक्षा अध्यादेश कात्तिक २४ गते जारी भएको थियो। मूल विधेयक संसदमा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश जारी भएको थियो। मूल विधेयकको केही दफामा दलहरूको फरक मतका कारण विधेयक पारित हुन सकेको थिएन। 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. गोविन्द केसीले उठाएका माग अनुसार अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 
यस्तै, राष्ट्रियसभा विधेयकमा पनि निर्वाचन प्रणालीमा दलहरुबीच विवाद भएपछि सदनबाट विधेयक पारित भएन। बहुमतीय प्रणाली वा एकल संक्रमणीय प्रणाली विवादका कारण विधेयक पारित नभएपछि सरकारले अध्यादेश सिफारिस गरेको थियो। लामो समयको विवादपछि राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ५ गते राष्ट्रियसभा अध्यादेश जारी गरेकी थिइन।     


यस्तो छ चिकित्सा शिक्षा अध्यादेश 

अध्यादेश अनुसार अब उपत्यकाका दश वर्षसम्म मेडिकल कलेज खोल्न पाइने छैन। भने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन पाउने छैन।

सार्वजनिक संस्थाले स्नातकस्तरको कार्यक्रममा सिट संख्याको कम्तीमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेछ।

स्नातक र स्नाकोत्तर तहमा तोकिएको कुल संख्याको एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न पाइने छैन।

स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड पूरा नगरेको र अस्पताल सञ्चालन गरेको ३ वर्ष पूरा नगरेको स्वास्थ्य संस्थाले सम्वन्धन पाउने छैन।

विदेशी लगानीमा सञ्चालित शैक्षिक संस्थाले कुल सिट संख्याको २० प्रतिशत निस्शुल्क छात्रवृत्तिको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ। मेडिकलतर्फ तीन सय, डेन्टल र नर्सिङतर्फ एकसय शय्याको अस्पताल सञ्चालन नगरे सम्बन्धित विषयको कार्यक्रम सञ्चालन गर्न नदिने छैन।

अध्यादेश अनुसार कुनै पनि विश्वविद्यालयले एक जिल्लाभित्र एकभन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्वन्धन दिन नपाउने व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell