PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

अनलाइनबाट ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ



पहिलोपोस्ट

अनलाइनबाट ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ: प्रहरीले पिरामिड आकारको अनलाइन ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ३२ वर्षीय वंगलादेशी नागरिक राहत हसन र भारतीय नागरिक तरमेस शर्मालाई पक्राउ गरेको हो। उनीहरूले पाँच महिनादेखि नेपालमा आइ अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

उनीरुले अनलाइन व्यापार गर्ने फोर्स इन्टरनेश्नल अनलाइन मार्केट नामक कम्पनी देखाइ ठगी गर्ने गरेका छन्। उनीहरूले यो कम्पनीको अमेरिका, क्यानडा, बंगलादेश लगायतमा शाखा रहेकाले सदस्य बन्दा २० देखि ६० प्रतिशतसम्म फाइदा हुने आस्वासन दिन गरेको एसएसपी पोखरेलले बताए।

उनीहरूले अहिलेसम्म २० देखि ३० जनालाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell