PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सरकारका निर्णय गोप्य राख्ने प्रधानमन्त्री कार्यालयको तयारी



पहिलोपोस्ट

सरकारका निर्णय गोप्य राख्ने प्रधानमन्त्री कार्यालयको तयारी

काठमाडौँः सरकारले मन्त्रिपरिषदका महत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने तयारी थालेको छ। सरकारका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक हुँदा समस्या उत्पन्न भएको भन्दै यस्तो तयारी थालिएको हो। 

मन्त्रिपरिषद्को बैठकका आन्तरिक तथा मत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने गरी तयारी थालिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

'राष्ट्रिय महत्त्वका निर्णयहरू, राष्ट्रिय सुरक्षा र आन्तरिक मामिलाका बारेमा क्याबिनेटले गर्ने निर्णयहरू अब गोप्य राखिने छन्,' स्रोतले भन्यो, 'सामान्य जनचासोका निर्णयहरू सरकारको प्रवक्ताले सार्वजनिक गर्नुहुन्छ तर राष्ट्रिय महत्त्वका निर्णहरू गोप्य राखिने छ।'

सरकारका निर्णयहरूको प्रसारणमा एकरूपता कायम गर्न गरी तयारी थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएका छ। 

सरकारका प्रवक्ता बाहेका अन्य मन्त्रीलार्इ सरकारको निर्णयका बारेमा बाहिर नबोल्न समेत प्रधानमन्त्री केपी शर्मा अोलीले निर्देशन दिएको स्रोतले जनाएको छ।

'यो संवैधानिक व्यवस्था हो। अन्तर्राष्ट्रिय मान्यता र प्रचलन पनि यस्तै रहेको छ,' स्रोतले भन्यो, 'हामीले यसलार्इ कार्यान्वयन गर्ने तयारी गरेका मात्र हौँ।'
 
सरकारका तीन गोप्य निर्णयहरू आवश्यकता अनुसार सरकारले २४ घण्टापछि सार्वजनिक गर्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 
यसैबिच मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell