PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कांग्रेसमा ईयू प्रतिवेदनबारे विषय प्रवेश: बैठक तीन बजेसम्मका लागि स्थगित



पहिलोपोस्ट

कांग्रेसमा ईयू प्रतिवेदनबारे विषय प्रवेश: बैठक तीन बजेसम्मका लागि स्थगित

काठमाडौं: नेपाली कांग्रेसको बैठकमा ईयू प्रतिवेदनबारे छलफल सुरु भएको छ। बैठकको सुरुमै केन्द्रीय सदस्य रमेश लेखकले ईयूको प्रतिवेदनप्रति कांग्रेसले आफ्नो धारणा राख्नुपर्ने बताएका थिए। 

त्यसपछि नेताहरुले ईयुको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए।  आजको बैठक केन्द्रीय सदस्यहरू रमेश लेखक,गोविन्द भट्टराई , डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेपछि स्थगित भएको छ। बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको कांग्रेस कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए।

बैठकमा ईयूको प्रतिवेदनप्रति चर्चा चले पनि कांग्रेसको आधिकारिक धारणा भने आएको छैन। ईयूले समानुपातिक आरक्षणबाट खसआर्यलाई हटाउन सुझाव दिएको थियो।  सरकारले यसअघि नै प्रतिवेदन सच्याउन चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell