PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

चैत १५ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन



पहिलोपोस्ट

चैत १५ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिको सम्बोधन
फाइल फोटो

काठमाडौँ : चैत १५ गते बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको सम्बोधनको मिति तय गरेको हो। १६ गते चालु संसदको अधिवेशन अन्त्य गर्ने तयारीका साथ राष्ट्रपतिले सम्बोधन गर्ने तय गरिएको हो। 

निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले पहिलोपटक सम्बोधन गर्नेछिन्। 

आज बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिको सम्बोधनबारे जानकारी दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell