PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

संसदमा सत्तापक्षीय सांसदकै प्रश्न : पाकिस्तानी प्रधानमन्त्रीसँग केके भयो?



पहिलोपोस्ट

संसदमा सत्तापक्षीय सांसदकै प्रश्न : पाकिस्तानी प्रधानमन्त्रीसँग केके भयो?
खतिवडाको फेसबुकबाट लिइएको फोटो

काठमाडौं : प्रतिनिधिसभामा नियमापत्ती भन्दै समय मागेर सत्तापक्षीय सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सरकारसँग जवाफ मागेका छन्। संसदीय अभ्यासमा सरकारसँग जवाफ माग्ने प्रतिपक्षीय भूमिका हुने भए पनि सत्ताधारी दल नेकपा एमालेकै सांसदले जवाफ खोजेका हुन्।

'पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण किन भयो? भ्रमणमा केके भयो सरकारले सदनलाई जवाफ दिन आवश्यक छ,' खतिवडाले भने। उनले भ्रमण केके भयो जानकारी माग गरेका हुन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणजस्तै त नभएको होला भन्दै उनले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमाथि प्रश्न गरेका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell