PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

डीपीएलको अनलाइन प्रसारण आइफ्लिक्सबाट



पहिलोपोस्ट

डीपीएलको अनलाइन प्रसारण आइफ्लिक्सबाट

काठमाडौं : यही चैत १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) टी-२० क्रिकेटको अनलाइन प्रसारण आइफ्लिक्सबाट हुने भएको छ। आइफ्लिक्सले सोमवार विज्ञप्ति जारी गर्दै डीपीएल को विशेष अनलाइन प्रसारण गर्ने जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, 'सबैको प्रतीक्षामा रहेको यो क्रिकेट प्रतियोगितालाई नेपालको इतिहासमै पहिलो पटक नेपालका आइफ्लिक्स सब्सक्राइबर/ग्राहकले लाइभ हेर्न पाउनेछन्। साथै उक्त प्रतियोगिता सकिएपछि पनि आफूलाई मन पर्ने खेलहरू अनलाइनमै हेर्न वा डाउनलोड गरेर पनि हेर्न सकिनेछ। यसमा सबै १९ खेलका हाइलाइट पनि छुट्टै रहनेछन्।'

धनगढीको एसएसपी क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालका ६ फ्रेन्चाइज टोलीहरुले प्रतिस्पर्धा गर्नेछन्।

आइफ्लिक्स नेपालकी कन्ट्री म्यानेजर भावना घिमिरेले नेपालको इतिहासमै पहिलोपटक नेपाली क्रिकेट प्रेमीहरुले डिजिटल प्लेटफर्म मार्फत् अनलाइन क्रिकेटको लाइभको आनन्द लिन पाउने बताइन्। 'सबैको प्रतीक्षामा रहेको यो प्रतियोगिता जुनसुकै ठाउँमा जतिबेला पनि अनलाइनबाट हेर्न सकिनेछ। क्रिकेट जस्तो जल्दोबल्दो मनोरन्जन अनुभव नेपालका क्रिकेटप्रेमीहरू माझ पस्कन पाउँदा हामी एकदमै उत्साहित छौं,' उनले भनिन्।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष सुभाष शाहीले अनलाइन स्ट्रिमिङ प्रदान गर्ने आइफ्लिक्ससँग साझेदारी गरेर नेपाली क्रिकेटप्रेमी माझ एक्सन-प्याक्डटी-ट्वेन्टी क्रिकेट शृंखला अनलाइन देखाउन उत्साहित रहेको बताए। 'आइफ्लिक्सको विश्वस्तरीय प्रविधि तथा सेवाका साथमा लाखौं क्रिकेट खेलप्रेमीहरूलाई नजिकबाट सम्पूर्ण प्रतियोगिता देखाउन हामी आतुर छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell