PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ईयूको प्रतिवेदनप्रति एमालेको आपत्ती



पहिलोपोस्ट

ईयूको प्रतिवेदनप्रति एमालेको आपत्ती

काठमाडौँः युरोपियन युनियन (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति नेकपा एमालेले आपत्ती जनाएको छ। एमालेको परराष्ट्र विभागले प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएको हो। 

विभागका सचिव यादव चन्द्र शर्माले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको जनाएको छ। प्रतिवेदनले नेपालको राष्ट्र संघ, अन्तर्राष्ट्रिय कानुनमा समेत घोषणा भएको नेपालको राजनीतिक स्वतन्त्रता, संवैधानिक व्यवस्था र सार्वभौमिकतामाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ। 

नेपालको सार्वभौम संविधानसभाको ९० प्रतिशतको सहमतिमा जारी भएको संविधानको व्यवस्थालाई समेत प्रतिवेदनले चुनौती दिएको भन्दै नेपालको संविधान, समावेशितामा कुनै पनि देश तथा संघसंगठनले प्रश्न उठाउन आवश्यक नरहेको समेत एमालेले स्पष्ट पारेको छ। 

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनको ब्यानरमा नेपाल नेपाल सरकारलाई दिइएको हुकुम अस्वीकार्य मात्र नभई अन्तर्राष्ट्रिय कानुनको विपरीत समेत रहेको जनाएको छ। 

‘हामी नेपाल सरकारको ईयूको प्रतिवेदन प्रतिको अडान र यस्ता आवन्छित गतिविधि रोक्ने कदम प्रति पूर्ण समर्थन व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell