PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गलत समाचार लेखे १० वर्ष जेल, सवा करोड जरिवाना!



पहिलोपोस्ट

गलत समाचार लेखे १० वर्ष जेल, सवा करोड जरिवाना!
Photo: GETTY IMAGES/BBC

क्वालालम्पुरः सामाजिक सञ्जाल तथा अनलाइनहरूमा गलत समाचार प्रसारण हुने क्रम बढेपछि मलेसियाले यस्ता समाचारलार्इ रोक्नका लागि १० वर्ष जेल सजायको व्यवस्था लागु गर्ने तयारी गरेको छ। 

मलेसियाको सरकारले 'गलत समाचार'का लागि १० वर्ष जेल सजायको व्यवस्था सहितको नयाँ प्रस्ताव अगाडि सारेको हो। 

'एण्टी फेक न्यूज विल' अन्तर्गत गलत समाचार सम्प्रेषण गर्नेलार्इ १० वर्ष जेल सजाय वा एक लाख २८ हजार डलर (करिब एक करोड २८ लाख रुपैयाँ) जरिवाना वा दुबै जेल सजाय हुने व्यवस्था गरिएको छ। 

यो विधेयक सरकारले निर्वाचनको केही दिन अगाडि सोमबार त्यहाँको संसद्मा पेस गरेको हो।  

विधेयकमा 'फेक न्यूज' भन्नाले 'समाचार, सूचना, प्रतिवेदन र डाटाहरू जुन पूर्ण वा अर्ध झुट छन्' भनेर उल्लेख छ।

यो विधेयकले ब्लग, सार्वजनिक मञ्च तथा सामाजिक सञ्जाललार्इ समेत समेटेको बीबीसीले जनाएको छ। 

यो विधेयक मलेसिया भित्र वा बाहिर रहेकाहरू दुबै माथि लागु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell