PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वर्ल्डकप क्वालिफायर टिम अफ द टुर्नामेन्टमा अफगानिस्तान र वेष्टइन्डिजबाट ३-३ खेलाडी



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर टिम अफ द टुर्नामेन्टमा अफगानिस्तान र वेष्टइन्डिजबाट ३-३ खेलाडी

काठमाडौं : आइसीसीले जिम्बावेमा सोमवार सम्पन्न क्रिकेट वर्ल्डकप क्वलिफायरको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ। मंगलावर सार्वजनिक गरिएको टिममा च्याम्पियन बनेको अफगानिस्तान र रनरअप बनेको वेष्ट इन्डिजबाट सर्वाधिक ३-३ खेलाडी परेका छन्। यस्तै घरेलु टोली जिम्बावे र स्कटल्याण्डबाट समान २ तथा आयरल्याण्डबाट १ खेलाडी अटाएका छन्।

ओपनरमा वेष्टइन्डिजका एभिन लेविस र स्कटल्याण्डका कप्तान केल कोएत्जर छन्। मिडल अर्डरमा जिम्बावेका ब्रेण्डन टेनलर, इन्डिजका मार्लोन सामुएल्स, अफगानिस्तानका मोहमद नावी छन् भने जिम्बावेका सिक्नदर राजा र अफगानिस्तानका नजिबुल्लाह जद्रानलाई अलरउण्डरका रुपमा राखिएङ्को छ।

अफगानिस्तानका मुजिव उर रहेमान एक्लो स्पीनरका रुमपा छन् भने वेष्ट इन्डिजका कप्तान ज्यासन होल्डर, स्कटल्याण्डका सफयान सरिफ र आयरल्याण्डका बोड र्‍यानकिन फास्ट बलरको रुपमा रहेका छन्।

होल्डरलाई टिम अफ द टुर्नामेन्टको कप्तान चयन गरिएको छ। अफगानिस्तानका रसिद खानलाई १२औँ खेलाडीको रुपमा राखिएको छ।

अफगानिस्तानले सोमवार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरको उपाधि जितेको थियो।

आइसीसीले बनाएको टिम अफ द टुर्नामेन्टमा पर्न नसकेका खेलाडीहरुको सूची यहाँ हेर्न सकिनेछ।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell