PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्यो, अब २३ लाख मात्रै



सागर बुढाथोकी

विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्यो, अब २३ लाख मात्रै

काठमाडौँ: विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्ने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को बैठकले विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घटाउने निर्णय गरेको हो।

अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको आज बसेको बैठकले सो शुल्कबाट आठ लाख रुपैयाँ घटाएर २३ लाख लिने निर्णय गरेको हो। 

त्रिवि कार्यकारी परिषद्ले आईओएमको सिफारिस अनुसार निर्णय गरेपछि मात्र नयाँ शुल्क कार्यान्वयनमा आउनेछ।

त्रिविले तोकेको शुल्कमा निजी मेडिकल कलेजहरूले भर्ना गर्ने अटेर गरेका कारण शुल्क विवाद हरेक वर्ष हुने गर्छ। निजी मेडिकल कलेज विरुद्ध वर्षेनी उजुरी समेत पर्ने गरेको छ।

आईओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले नयाँ शुल्क बारे केही दिनमै त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने जानकारी दिए। उनले भने,  'बैठकले केही कलेजहरूको पिजीमा सिट संख्या थप्ने निर्णय गरेको छ। जसले गर्दा अरू धेरै विद्यार्थीहरूले पढ्न पाउँछन्।'

त्रिवि अन्तर्गतका सात मेडिकल कलेजमा चिकित्साशास्त्रतर्फ विशेषज्ञ तहको पढाइ हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell