PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

कांग्रेस केन्द्रीय समितिमा ११ जनाको धारणा प्रस्तुत: बैठक भोलि पुन: बस्ने



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिमा ११ जनाको धारणा प्रस्तुत: बैठक भोलि पुन: बस्ने

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि ९ बजे बस्ने भएको छ। आजको बैठकमा ११ जना केन्द्रीय सदस्यहरुले निर्वाचनका कारण र तय गर्नुपर्ने भावी रणनीतिबारे धारणा राखेका थिए।

बिहान १० बजे सुरु भएको बैठकमा सुरुमा रमेश लेखकले आफ्नो धारणा राखे। बैठकमा उनले ईयूको प्रतिवेदनको आलोचना गरेका थिए। आजको बैठकमा लेखक, बलबहादुर के.सी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले निर्वाचनको समीक्षा गरेका थिए।

कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी छ।

बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाएका थिए भने अर्का नेता डा नारायण खड्काले बचाउ गरेका थिए। 

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell