PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

खुमबहादुरको अवस्था बुझ्न कांग्रेसले दुई केन्द्रीय सदस्यलाई भारत पठाउँदै



पहिलोपोस्ट

खुमबहादुरको अवस्था बुझ्न कांग्रेसले दुई केन्द्रीय सदस्यलाई भारत पठाउँदै
फोटो: खड्काको फेसबुकबाट

काठमाडौं: नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्नका लागि दुई केन्द्रीय सदस्यलाई भारत पठाउने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

मृगौलामा समस्या देखिएपछि खड्का अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन्। बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यले खड्काको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell