PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जंगलमा बेवारिसे शव फेला



पहिलोपोस्ट

जंगलमा बेवारिसे शव फेला
प्रतीकात्मक तस्वीर

जितपुरः यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ।

पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ। घटनास्थलबाट उठाएको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell