PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्री ओलीले सबै विदेशी राजदूतलाई बालुवाटार बोलाए



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले सबै विदेशी राजदूतलाई बालुवाटार बोलाए

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई आज समसामयिक विषय तथा वाम सरकारका नीति र योजनाबारे ब्रिफिङ गर्ने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज १२ बजे बालुवाटारमा प्रधानमन्त्रीले राजदूतहरुलाई ब्रिफिङ गर्दै छन्। 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका विषयमा युरोपियन युनियनले सार्वजनिक गरेको प्रतिवेदनबारे सरकारले आलोचना गरिरहेका बेला प्रधानमन्त्रीले राजदूतहरुलाई ब्रिफिङमा बोलाएका हुन्। 

परराष्ट्र मन्त्रालयको संयोजनमा काठमाडौस्थित सबै देश र नियोगका राजदूतलाई बालुवाटार बोलाइएको हो। छलफलमा गठबन्धन सरकारका नीति तथा योजनाबारे ब्रिफिङको तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell