PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ठोरीलाई प्रदेशमा ३ मा गाभ्न विशेष आयोग गठन गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन



राधेश्याम पटेल

ठोरीलाई प्रदेशमा ३ मा गाभ्न विशेष आयोग गठन गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन

वीरगंजः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्साको  ठोरी नाकाको स्थलगत अवलोकन गरेका छन्। चितवनको माडी हुँदै सोमबार ठोरी पुगेका मुख्यमन्त्री पौडेलले ठोरीबासीको माग बमोजिम ठोरीलाई प्रदेश –३ मा समायोजन गर्न विशेष आयोग गठन गर्ने आश्वासन दिएका छन्। 

मुख्यमन्त्री पौडेलले माग सम्बोधनका लागि आयोग गठन गर्ने आश्वासन दिएको ठोरी गाउँपालिका –१ का वडाध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए। मुख्यमन्त्री पौडेलले आयोगले विशेष अध्ययन गर्ने र अर्को निर्वाचन अगावै यस विषयमा ठोस निर्णयमा पुग्ने विश्वास दिलाएको कुँवरले बताए। 

ठोरीका निर्वाचित प्रतिनिधिले नै ठोरी गाउँपालिकालाई प्रदेश ३ मा समायोजन गर्नका लागि सर्वसम्मत रूपमा आधिकारिक निर्णय गरिसकेकोले आयोग गठन गर्ने काम छिट्टै अघि बढाउने जानकारी मुख्यमन्त्री पौडेलले दिएका थिए। मुख्यमन्त्री पौडेलले ठोरीको अमृत छोटी भन्सार तथा हुलाकी सडक अन्तर्गत ठुटेखोलामा निर्माणाधीन पुलको समेत अध्ययन अवलोकन गरेका छन्। 

मुख्यमन्त्रीसँगको भेटका क्रममा ठोरी गाउँपालिका –१ का अध्यक्ष कुँवरले ठोरीबासीको प्रदेश–३ मा समायोजन हुने माग सम्बोधनका लागि आग्रह गरेका थिए। 

मुख्यमन्त्री पौडेलसँगै प्रदेश– ३ का कृषि तथा सहकारीमन्त्री दावा लामा, प्रदेशसभा सदस्य रामलाल महतो, माडी नगरपालिकाका मेयर ठाकुर ढकालले ठोरी पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell