PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एसईईमा चिट चोर्न नदिएको भन्दै अभिभावकले गरे प्रहरीमाथि आक्रमण, झडपमा चार प्रहरीसहित विद्यार्थी घाइते



पहिलोपोस्ट

एसईईमा चिट चोर्न नदिएको भन्दै अभिभावकले गरे प्रहरीमाथि आक्रमण, झडपमा चार प्रहरीसहित विद्यार्थी घाइते

काठमाडौंः एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ। झडपमा ४ प्रहरीसहित केही विद्यार्थी घाइते समेत भएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर र केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ।

मुगुको छायाँनाथ नगरपालिका वडा नम्बर ११ रोवा माविमा रहेको परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति करिब ९ बजेतिर स्थानीयले प्रहरी पोस्टमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भीमकरण बोगटीले बताए। डिएसपी थापाले भने, 'परीक्षामा प्रहरीले कडाइ गरेको र चिट चोर्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण गरिएको बुझिएको छ।'

स्थानीय तथा विद्यार्थी मिलेर राति प्रहरी सुतेका बेला आक्रमण गरेको डिएसपी बोगटीले जानकारी दिए। अहिले भने कडा सुरक्षाबीच परीक्षा सञ्चालन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell