PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

नयाँ शक्ति दूध हो पानीमा मिसिँदैन्, वाम गठबन्धनमा मिल्नु आत्महत्या जस्तै -डा. भट्टरार्इ



पहिलोपोस्ट

नयाँ शक्ति दूध हो पानीमा मिसिँदैन्, वाम गठबन्धनमा मिल्नु आत्महत्या जस्तै -डा. भट्टरार्इ

बाँकेः नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाम ध्रुवीकरणामा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले वाम गठबन्धनलार्इ पानीको संज्ञा दिँदै पानीमा नमिसिने समेत बताए।

नेपालगञ्जमा आयोजित प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षण कार्यक्रममा उनले भने ‘हामी दुध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन।'

'अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ। तर, पानीमा मिसिन जान सकिँदैन।’

उनले समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको भए पनि एमाले र माओवादी केन्द्र सो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेको बताए।

उनले माओवादी र एमालेबीचको एकता ‘आत्महत्या’मात्र भएको बताए।

‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण मात्र होइन, आत्महत्या हो’ उनले भने, ‘आत्महत्या नै गर्नु छ त आफैं गरे भयो, किन मलाई बोलाइरहनु भएको छ, मैले बुझ्न सकिरहेको छैन।'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रह गरेको प्रति उनले अगाडि भने, 'उहाँले नसकेर हो वा मलाई पनि सँगै लैजानुपर्छ भनेर हो मलाई बोलाइरहनुभएको छ, खै किन हो मलाई थाहा छैन?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell