PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

ड्युटीमा रहेका प्रहरीले नै लुटे सुनको बाला, सीसी क्यामेरामा दृष्य कैद



सविन ढकाल

ड्युटीमा रहेका प्रहरीले नै लुटे सुनको बाला, सीसी क्यामेरामा दृष्य कैद

काठमाडौँः महानगरीय प्रहरी बृत गौशलाबाट ड्युटीमा खटिएका दुई प्रहरीले सुन लुटेको खुल्न आएको छ।

सोमबार राति गौशलाको पिङ्गलास्थानमा रहेको पशुपति भिजन भवन अगाडि उनीहरुले दुई थान सुनका चुरा लुटेका हुन्। बृतबाट क्यूआरटी (क्विक रेस्पोन्स टिम) मा खटिएका प्रहरी हवल्दार विश्वराज  कुसवाह र जवान बिष्णुबहादुर थापाले सुन लुटेको महानगरीय प्रहरी काठमाडौंका डिएसपी मोहनबहादुर थापाले जानकारी दिए।

उनीहरुले अवैध रुपमा सुन ल्याएको भन्दै एक व्यक्तिलाई गौशलाको रुन्चे डाँडामा लगेर सुन लुटेका थिए। पीडितले प्रहरीले नै सुन लुटेको उजुरी दिएपछि सीसी क्यामेराको फुटेज हेर्दा लुटेको पुष्टि भएको डिएसपी थापाले बताए।
सुन कस्को हो भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell