PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चिकित्सकको घरमा काम गर्ने युवती मृत अवस्थामा फेला



पहिलोपोस्ट

चिकित्सकको घरमा काम गर्ने युवती मृत अवस्थामा फेला
प्रतीकात्मक तस्वीर

काठमाडौँः ललितपुरको भैसेपाटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।

पाटन अस्पताल ललितपुरमा कार्यरत चिकित्सक विजय जैसवालको घरमा काम गर्ने १८ वर्षीय मन्तु भन्ने प्रियङ्का यादव झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

'सोमबार राति उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ' चन्दले भने।

यादव ४ महिनादेखि चिकित्सक जैसवालको घरमा काम गर्दै आएकी थिइन्। शवलाई पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell