काठमाडौं: सर्वाधिक सिक्वेल सार्वजनिक नेपाली फिल्म‘नाईँ नभन्नू ल ५’मा स्वस्तिमा खड्का अभिनय रहने भएको छ। शीर्ष भूमिका रहने भएको छ। सोमबारदेखि औपचारिक सुटिङ सुरु भएको फिल्ममार्फत दुई नयाँ कलाकार अभिषेक नेपाल र सेड्रिना शर्माले पनि डेब्यु गर्दैछन्।
झापा र इलाममा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भयो। पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए। अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन्।
निर्देशक विकासराज आचार्यका अनुसार झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन फिल्मको सुटिङ हुनेछ। भने,‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि योपटक प्रस्तुतिमा मिहेनत गर्नेछौं।’
फिल्मको रिलिज टार्गेट भदौ ८ तोकिएको छ। ‘नार्इँ नभन्नू ल’ पाचौं संस्करणमा दिलिप रायमाझी र केकी अधिकारी पनि थपिएका छन्। दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छिन्। फिल्ममा केकीको इन्ट्री बारे आचार्य भन्छन्,'नार्इँ नभन्नू ल ३ मा पनि केकीलाई खेलाउन चाहेका थियौं तर विविध कारणले मिलेको थिएन। यो पटक अवसर जुरेको छ।' केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन्।