PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

बाँसको लाठी प्रहार गरी श्रीमतीको हत्या गर्ने राई पक्राउ



पहिलोपोस्ट

बाँसको लाठी प्रहार गरी श्रीमतीको हत्या गर्ने राई पक्राउ
प्रतीकात्मक फोटो

काठमाडौं: लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काउलेका मकरध्वज राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

राईले मादक पदार्थ सेवन गरेको भन्दै उनकी श्रीमती ५० बर्षीया आइसरी राईले बाँसको लाठीले हिर्काएपछि सोही लाठी खोसेर श्रीमतीलाई टाउकोमा प्रहार गर्दा आइसरीको घटनास्थलमै मृत्यु भएको थियो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell