PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

कुटनीतिक नियोगका प्रमुखहरुलाई सहयोग गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह



विधुर ढकाल

कुटनीतिक नियोगका प्रमुखहरुलाई सहयोग गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई नेपाललाई सहयोग गर्न आग्रह गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले उक्त आग्रह गरेका हुन्।

ज्ञवालीले नेपालको प्राथमिकता र नेपालको परराष्ट्र नीतिकोबारेमा ब्रिफिङसमेत गरे।

नेपाल समृद्धिको दिशामा अगाडि बढेको भन्दै  साझेदार गरी अगाडि  बढ्न चाहेको परराष्ट्र मन्त्री ज्ञवालीले राजदूतहरुलाई ब्रिफिङ गरेका हुन्।

ब्रिफिङमा नेपाल स्थित विदेशी आवासीय राजदूतहरु, कुटनैतिक नियोगका प्रमुखहरु सहभागी छन्। अर्थमन्त्री डा युवराज खतिवडा, रक्षामन्त्री ईश्वर पोखरेल पनि बैठकमा सहभागी छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell