PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

'लम्फू'को गीत 'सुको छैन यार'को कभर गर्नेलाई ५० हजार



पहिलोपोस्ट

'लम्फू'को गीत 'सुको छैन यार'को कभर गर्नेलाई ५० हजार

काठमाडौं: फिल्म 'लम्फू'को गीत 'सुको नहोस् यार'को कभर डान्स प्रतियोगिता घोषणा गरिएको छ। बैशाख २८ गते रिलीज हुने 'फिल्म'को डिजिटल अधिकार लिएको हाइलाईट्स नेपालले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो।

कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ। गीत हाइलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा उपलब्ध छ।

उक्त गीतको कभर भिडियोको विजेताले नगद पचास हजारको साथमा अन्य उपहारहरु जित्ने छन्। यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र जुरीको निर्णयको आधारमा बैशाख ३१ गते विजेता घोषणा हुनेछ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको 'लम्फू'को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ। प्रमोद ढुंगानाले गीत लेखेका हुन्।

कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको 'लम्फू'लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell