PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कुटनीतिक नियोगका प्रमुखलाई बालुवाटारमा 'ब्रिफिङ': ईयूको प्रतिवेदनबारे प्रधानमन्त्री ओली मौन



विधुर ढकाल

कुटनीतिक नियोगका प्रमुखलाई बालुवाटारमा 'ब्रिफिङ': ईयूको प्रतिवेदनबारे प्रधानमन्त्री ओली मौन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा नेपालस्थित विदेशी नियोगका प्रमुख तथा राजदूतहरुलाई नेपाल सरकारको नीतिबारे ब्रिफिङ गरेका छन्। 

ब्रिफिङमा प्रधानमन्त्री ओलीले आार्थिक विकासमा विश्व समूदायको सहयोगको अपेक्षा राखेको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। विश्वका सबै देशसँग नेपालको सम्बन्ध राम्रो बनाउन सरकारले पहल गरेको खनालले बताए।

पछिल्लो पटक ईयूले जारी गरेको प्रतिवेदनप्रति चर्को आलोचनामा उत्रिएका प्रधानमन्त्री ओलीले आजको ब्रिफिङमा भने यसबारे कुनै कुरा उप्काएनन्। 'ईयूको प्रतिवेदनबारे ब्रिफिङमा प्रधानमन्त्री मौन रहनुभयो। अरुले पनि कुरा उठाएनन्,' खनालले भने। यस्तो छ प्रधानमन्त्रीको सम्बोधन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell