PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ईयूको प्रतिवेदनले जातीय द्वन्द्व बढाउने भन्दै कांग्रेसले भर्त्सना गर्नुपर्ने धनराज गुरुङको माग



पहिलोपोस्ट

ईयूको प्रतिवेदनले जातीय द्वन्द्व बढाउने भन्दै कांग्रेसले भर्त्सना गर्नुपर्ने धनराज गुरुङको माग

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ईयूको प्रतिवेदन गलत रहेको भन्दै कांग्रेसले यसको भर्त्सना गर्नुपर्ने माग गरेका छन्।

आजको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै गुरुङले भने, 'बैठकको पहिलो दिन ९ गते ईयूको प्रतिवेदनको पार्टीले भत्सर्ना गर्नुपर्छ भनेको थिएँ। तर, भएन। ईयूको प्रतिवेदनले नेपालको संविधान र नेपालीको स्वाभिमान माथि प्रहार गरेको छ। जातीय,क्षेत्रीय र धार्मिक द्वन्द्व भड्काउने ईयूको प्रतिवेदन प्रति बैठकले कडा भत्सर्ना गर्नुपर्छ।'

चैत ९ बाट जारी बैठकमा सोमबार केन्द्रीय सदस्य रमेश लेखकले ईयूको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए। केन्द्रीय समितिमा ईयू प्रतिवेदनले विषय प्रवेश पाए पनि कांग्रेसले उक्त प्रतिवेदनबारे मुख खोलेको छैन। खस आर्यलाई समानुपातिक आरक्षणबाट हटाउन ईयूले सुझाव दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell