PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

एउटै फिल्ममा विपिन कार्कीको फरकफरक लुक्स



पहिलोपोस्ट

एउटै फिल्ममा विपिन कार्कीको फरकफरक लुक्स

काठमाडौं: फिल्म 'हरी'को ट्रेलर रिलिज भयो। हरेक फिल्ममा भिन्न लुक्स र अभिनयका कारण रुचाइएका विपिन कार्कीको एउटै फिल्मको ट्रेलरमा दुईभन्दा बढी लुक्स प्रस्तुत गरिएको छ।

सोसियल ड्रामा हरी ट्रेलरले फिल्मको कथा र विषय उठान बारे जानकारी भने दिंदैन। तर फिल्ममा विपिन कार्कीको मुख्य भूमिका रहेको प्रष्ट पार्छ। आउँदो जेठको ४ गते फिल्म रिलिज टार्गेट राखिएको छ।

‘हरी’लाई सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell