PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ईयूबारे अरु बोलिरहनु आवश्यक छैन: परराष्ट्र मन्त्री ज्ञवाली



विधुर ढकाल

ईयूबारे अरु बोलिरहनु आवश्यक छैन: परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईयूको प्रतिवेदनबारे सरकारले आफ्नो ‘स्ट्यान्ड’ सार्वजनिक गरिसकेको भन्दै कार्यक्रममा त्यस विषयमा कुनै छलफल नभएको बताए।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित बिदेशी नियोगका प्रमुख र राजदूतहरुसँगको ब्रिफिङपछि मन्त्री ज्ञवालीले उक्त प्रतिक्रिया दिएका छन्।

निर्वाचनसम्बन्धी ईयूको प्रतिवेदन सार्वजनिक भए लगत्तै आलोचनामा उत्रिएका प्रधानमन्त्री ओलीले आजको ब्रिफिङमा भने यसबारे कुनै कुरा उठाएनन्। यसबारे सञ्चारकर्मीले जिज्ञासा राखेपछि मन्त्री ज्ञवालीले भने, 'हामीले हाम्रो स्ट्याण्ड राखिसकेका छौँ, यस विषयमा अरु बोलिरहनु आवश्यक छैन्।'

ब्रिफिङ सरकारका नीति तथा कार्यक्रमबारे भएको उनले बताए। मन्त्री ज्ञवालीले भने, ‘ब्रिफिङमा प्रधानमन्त्री ज्यूले नेपालको परराष्ट्र नीति र नयाँ सरकारका नीति तथा कार्यक्रमहरुको बारेमा प्रष्ट पार्नुभयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell