PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रदेश ३ को बैठकमा उपसभामुख तामाङलाई 'गाई'बारे जवाफ माग



पहिलोपोस्ट

प्रदेश ३ को बैठकमा उपसभामुख तामाङलाई 'गाई'बारे जवाफ माग

हेटौँडा: प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे। बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए। 

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे। 

नेपाली काँग्रेसका सांसद जीवन डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे। उनले भने – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ।” 

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे। उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रहसमेत गरे। 

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरिन्। माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell