PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

'काठमाडौँमा ४० दिनमा २६ बलात्कारका घटना'



पहिलोपोस्ट

'काठमाडौँमा ४० दिनमा २६ बलात्कारका घटना'
प्रतीकात्मक तस्वीर

काठमाडौँः प्रहरीले आइतबार एक युवकलाई बलात्कार गरेको अभियोगमा पक्राउ गर्‍यो । धनुषा  धनौजी गाउँपालिका ५ का सुधीर कुमार कापर पक्राउ परे। 

कपारले गत साउन ११ गते विदेश जाने सिलसिलामा काठमाडौँको गौशालामा रहेको न्यू सिरहाली गेष्टहाउसमा बस्न आएकी एक महिलालाई जवर्जस्ती करणी गरेको उजुरीमा उनलाई पक्राउ गरेको थियो।

बलात्कृत भएपछि ती महिलाले विष सेवन गरेकी थिइन। विष सेवनपछि अचेत भएकी उनलाई प्रहरीले उपचारको लागि अस्पताल पुर्‍यायो।

फागुनमा एक अपाङ्ग किशोरी बलात्कारको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गर्योन। पक्राउ पर्नेमा भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईँ छन्। 

उनीहरूले गत फागुन १७ गते साँझ बल्खु चोकबाट बा ४ ख ३८५१ नम्बरको बस चढेकी एक किशोरीलाई बसुन्धरास्थित एक ग्यारेजमा पुर्‍यायर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। 

उनीहरूले किशोरीलाई ललितपुर हरिसिद्धीस्थित कोठामा ६ दिनसम्म बन्धक बनाई जवर्जस्ती गरेका अनुसन्धानमा देखिएको छ। पीडितका परिवारले छोरी हराएको उजुरी प्रहरीमा दिएपछि ६ दिनपछि उनको उद्धार गरेको थियो।

यी राजधानीका केही प्रतिनिधि घटना मात्र हुन्। प्रहरीको तथ्याङ्क हर्दा ४० दिनको अवधिमा काठमाडौँमा मात्र २६ बलात्कारका घटना भएका छन्। जसमा प्रहरीले २६ नै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएपी विश्वराज पोखरेल भन्छन् '४० दिनमा २६ वटा बलात्कारका घटना भएका छन्। हामी अपराधीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ।'

घटना विवरण बलात्कृत हुनेमा अनुसार १० वर्षसम्मका ३ जना बालिका, १० देखि १५ वर्ष उमेर समूहका ९ जना, १५ देखि २० वर्षका २ जना, २० देखि ५० वर्ष बीचका ११ जना रहेका छन्। 

एसएसपी पोखरेल राजधानीमा बलात्कारका घटना वृद्धि नभई पीडितको चेतनास्तरमा भएको वृद्धिले उजुरी आउने क्रममा बढेको बताउँछन्। उनी भन्छन्' पहिले-पहिले पीडित सामाजिक डर त्रासका कारणले उजुरी दिँदैनथे। अहिले चेतनास्तरमा वृद्धि हुँदै गएकाले उजुरी दिन आउँछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell