PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

 फिल्म ‘भैरे’को गीत ‘सनम माया लाको'मा सुरक्षासँग दयाहाङले मर्काए कम्मर



पहिलोपोस्ट

 फिल्म ‘भैरे’को गीत ‘सनम माया लाको'मा सुरक्षासँग दयाहाङले मर्काए कम्मर

काठमाडौं: जेठ १८ गते सार्वजनिक हुने फिल्म ‘भैरे’को दोस्रो गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलवार राजधानीमा कार्यक्रमका आयोजना गरी ‘सनम माया ला'को’ बोदको गीत भिडियोसहित रिलिज गरेको हो।

यम बराल र अञ्जु पन्तको स्वर रहेको गीतमा एभरेष्ट सूर्य बोहराको शब्द रहेको छ। त्यस्तै गीतमा यम बरालले संगीत दिएका हुन्। गीतको भिडियोमा दयाहाङ राई र सुरक्षा पन्त फिचर्ड छन्। जसलाई कोरियोग्राफ बसन्त श्रेष्ठले गरेका हुन्।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। नेपालय सिनेमा ईन्टरनेशनलद्वारा प्रस्तुति  भैरेमा सूर्य थोकरको द्वन्द्व रहेको छ। त्यस्तै विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell