PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

‘स्वर्ग मेरो गाउँ’को दोस्रो रिलिज टार्गेट तय



पहिलोपोस्ट

‘स्वर्ग मेरो गाउँ’को दोस्रो रिलिज टार्गेट तय

काठमाडौं:  माघ १२ गतेको रिलिज टार्गेट पुरा गर्न नसकेको फिल्म 'स्वर्ग मेरो गाउँ'ले नयाँ रिलिज मिति जुराएको छ। अभिनेता नरेन खड्काको मुख्य अभिनय रहने फिल्म बैशाख ७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो।

अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले बताए। फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा भन्छ।

नरेनसँगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ। नरेनले ‘स्वर्ग मेरो गाउँ’ मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन्।

पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। गोविन्द राई यसका कोरियोग्राफर हुन्। रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन्। उक्त फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell