PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

बिहीवार हुँदैछ 'बुगी वुगी' प्रिमियर



पहिलोपोस्ट

बिहीवार हुँदैछ 'बुगी वुगी' प्रिमियर

काठमाडौं: डान्स रियालिटी सो 'बुगी वुगी'को टेलिभिजन प्रिमियर हुने भएको छ। चैत पन्ध्र गते बिहीवारबाट सो प्रशारण हुने भएको हो। बुगी वुगी नेपालको लागि पहिलो अन्तराष्ट्रिय डान्स रियालिटी कार्यक्रम हो।

भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले पहिलोपटक सुरु गरेको कार्यक्रमको फ्रेन्चाइजमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन्।

बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको पहिलो एपिसोडमा देशभरबाट छानिएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन्।

बूगी वूगीलाई एलिन श्रेष्ठले निर्देशन गरेका छन्। बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा विभिन्न कन्ट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell