PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस प्रदेश ३ को प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङ लामा



पहिलोपोस्ट

कांग्रेस प्रदेश ३ को प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङ लामा

काठमाडौं: नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको प्रमूख सचेतकमा राधा घले चयन भएका छन्। घले समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

आज संसदीय दलका नेता ईन्द्र बानियाँको हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो। त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा चयन भएका छन्।

संसदीय दलको सदस्य सचिवमा निमा लामा र अनुशासन समिति संयोजकमा बिजुला बर्मालाई चयन गरिएको छ। बैठकले कांग्रेस नेता खुमबहादुर खडकाको स्वास्थ्य अवस्था बुझ्न दलका नेता ईन्द्रबहादुर बानियाँ र डा. राजाराम कार्कीलाई भारत पठाउने निर्णय गरेको छ।

नेताद्वय चैत १७ गते भारत जाने कांग्रेस संसदीय दलका सदस्य सचिव निमा लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell