PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

यस्तो छ ११ पटक काटिएको 'कोहलपुर एक्सप्रेस' ट्रेलर



पहिलोपोस्ट

यस्तो छ ११ पटक काटिएको 'कोहलपुर एक्सप्रेस' ट्रेलर

काठमाडौं:  ११ पटकको सम्पादनपछि फिल्म 'कोहलपुर एक्सप्रेस'को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा बुधबार कार्यक्रम आयोजना गरी ट्रेलर रिलिज गरियो। उक्त कार्यक्रममा निर्देशक विशाल भण्डारीले फिल्म युनिटका सबै सदस्यको चित्त नबुझुन्जेल ट्रेलर काटिएको हो।

डार्क कमेडी जनरामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ। ट्रेलरमा मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायत फिचर्ड छन्।

अर्जुन तिवारीले खिचेको फिल्मलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाईले संयुक्त रुपमा निर्माण गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell