PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

मन्त्रिपरिषदले गर्‍यो विदा कटौती: अर्को वर्ष सरकारी कर्मचारीले २२ दिन बढी काम गर्नुपर्ने



पहिलोपोस्ट

मन्त्रिपरिषदले गर्‍यो विदा कटौती: अर्को वर्ष सरकारी कर्मचारीले २२ दिन बढी काम गर्नुपर्ने

काठमाडौँ : अर्को वर्ष सरकारी कर्मचारीहरुले यो वर्षभन्दा २२ दिन बढी काम गर्नुपर्ने भएको छ। 

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेको जानकारी सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले दिए। 

१६२ भन्दा बढी दिन विदा हुने गरेकोले उत्पादकत्व घटिरहेको महसूस गर्दै सरकारले लिएको समृद्धिको लक्ष्यलाई पूरा गर्न यस्तो निर्णय गरिएको बाँस्कोटाले बताए।

उनका अनुसार २०७५ सालमा सबैलाई हुने सार्वजनिक विदा जम्मा ८९ दिन हुनेछ। त्यसैगरी सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि मात्र प्रस्ताव गरिएका विदा २२ दिन हुने उनले जानकारी दिए। 

यो साल पूरै विदा भएका र आउने साल आंशिक मात्र गरिएका विदा १० दिन छन् भने यो साल पूरै भएका र आउँदो साल कटौति गरिएका विदा १२ दिन छन्।

राज्यमन्त्री बाँस्कोटाले कुन कुन दिन विदा कटौति गरिएको भन्नेबारे विस्तृत जानकारी भने दिएनन्। '२०७४ सालमा भन्दा ७५ सालमा सरकारी कार्यालयहरु बढी खुल्ने दिन २२ दिन हुनेछन्', उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell