PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राष्ट्रपतिले संघीय संसदलाई आज सम्बोधन गर्ने 



पहिलोपोस्ट

राष्ट्रपतिले संघीय संसदलाई आज सम्बोधन गर्ने 

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठक आज ४ बजे बोलाइएको छ।

सांसदहरुलाई अपराह्न ३ः३० बजे नै सभाहलमा प्रवेश गर्न निर्देशन दिइएको छ। औपचारिक वा संसद् कार्यसञ्चालन नियमावलीले तोकेको आफ्नो मौलिक पहिचान झल्कने पोशाकलाई अनिवार्य गरिएको छ।

संविधानको धारा ९२ को व्यवस्था अनुसार राष्ट्रपतिले सभालाई सम्बोधन गर्न लागेकी हुन्। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार राष्ट्रपतिको सम्बोधन तय भएको हो।

संघीय संसदको संयुक्त बैठक प्रतिनिधिसभा हलमा बस्नेछ। सभामुख कृष्णबहादुर महराले नै बैठकको अध्यक्षता गर्नेछन्। राष्ट्रपतिको सम्बोधनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell