PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजा सार्वजनिकः ‘सबै वकिल फेल, मागभन्दा आधा कम उत्तीर्ण’



पहिलोपोस्ट

जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजा सार्वजनिकः ‘सबै वकिल फेल, मागभन्दा आधा कम उत्तीर्ण’

काठमाडौँ ः न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। कूल ३० जनाको लागि भएको परीक्षामा १६ जनामात्र उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्। १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन्।

३० जनाका लागि ४२४ जनाले आवेदन दिएका थिए। परीक्षामा ३७३ जनामात्र सामेल भएका थिए। समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन्। 

पढ्नुस्ः  जिल्ला न्यायाधीशको पदपूर्ति अव खुला प्रतिस्पर्धाबाट, न्याय सेवा आयोगले दरखास्त माग्यो

 

पहिलोपटक खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा समावेश भएका करिव दुई सय कानुन व्यवसायीले लिखित परीक्षा पास गर्न सकेनन्। खुलातर्फ आठ जनाको कोटामा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गरेका थिए। आन्तरिक खुलामा भने न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीले मात्र प्रतिस्पर्धा गरेका थिए।

न्याय सेवा आयोगले माघ १२ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको लिखित नतिजा अब आयोगले न्याय परिषदलाई हस्तान्तरण गर्नेछ । परिषदले उत्तीर्ण न्यायाधीशलाई नियुक्त र पदस्थापन गर्नेछ।

नियुक्तिका लागि परिषद पठाइएका नाम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell