PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सार्वजनिक बिदा कटौतीः ‘बाबुरामले भने सकरात्मक, कमल थापाको टिप्पणी दुर्भाग्यपूर्ण’



पहिलोपोस्ट

सार्वजनिक बिदा कटौतीः ‘बाबुरामले भने सकरात्मक, कमल थापाको टिप्पणी दुर्भाग्यपूर्ण’

काठमाडौँः सरकारले आगमी वर्षदेखि लागू हुनेगरी गरेको सार्वजनिक बिदा कटौतीको निर्णयप्रति राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। १६२ भन्दा बढी दिन विदा हुने गरेको भन्दै मन्त्रिपरिषदको बुधबारको बैठकले २२ दिन बिदा कटौती गरेको थियो।

सरकारको निर्णयलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सकरात्मक रहेको टिप्पणी गरेका छन्। भट्टराईले ट्वीट लेख्दै अब रातो पासपोर्ट बाहकको संख्या घटाउन, भीआइपीहरुका लागि सुरक्षाकर्मी कम गरी गुणस्तरीय बनाउन सुझाव दिएका छन्।

सरकारको निर्णयलाई राप्रपा अध्यक्ष कमल थापाले भने दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। राष्ट्रिय एकता दिवस, राम नवमी, घटस्थापना लगायतका दिनको विदा कटौती गरेर सरकार हिन्दु धर्म कमजोर बनाउने संवाहक बनेको आरोप लगाएका छन्।

गणतन्त्र स्थापनापछि कटौतीमा परेको राष्ट्रिय एकता दिवसको बिदा थापा मन्त्री भएको बेला प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअघि पुनः प्रचलनमा ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell