PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फर्पिङ बस दुर्घटनाः गम्भीर घाइते दुई जनाको मृत्यु



पहिलोपोस्ट

फर्पिङ बस दुर्घटनाः गम्भीर घाइते दुई जनाको मृत्यु
तस्वीरः उमेश जी'को फेसबुकबाट

काठमाडौँः दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन्।

तस्वीरः उमेश जी'को फेसबुकबाट

दुर्घटनामा २२ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell