PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भेनेजुएलामा हिंसात्मक झडप हुँदा ६८ को मृत्यु



पहिलोपोस्ट

भेनेजुएलामा हिंसात्मक झडप हुँदा ६८ को मृत्यु
Photo: REUTERS

भ्यालेन्सियाः भेनेजुएलाको काराबोबो प्रान्तको भ्यालेन्सिया सहरमा भएको हिंसात्मक झडपमा परी ६८ जनाको मृत्यु भएको छ। 

घटनाको बारेमा तत्काल अनुसन्धान सुरु गरिने राज्यका मुख्य न्यायाधिवक्ता तरेक सआबले ले जनाएका छ। 

त्यहाँको प्रहरी चौकीमा आगजनी भएको छ। कैदीहरुले प्रहरी चौकीमा आगजनी गरेपछि सुरु भएको हिंसाका क्रममा ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

पछिल्लो समय भेनेजुएलाले चरम आर्थिक संकट व्यहोरिरहेको छ। त्यहाँका कैदी बन्दीहरूको जीवन नाराकीय हुँदै गएको छ। मृत्यु हुने मध्ये अधिकांश आगोको मुस्लोले निस्सासिएर मरेको बताइएको छ। 

राष्ट्रपति निकोलस माडुरोले घटनाको छानबिन तत्काल सुरु गरिने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell